पोखरा उद्योग वाणिज्य संघको साख जाेगाउने उद्देश्यसहित अासन्न निर्वाचनका लागि अर्जुन पोखरेलकाे प्यानल घाेषणा
  • प्रमुख खबर

सरिता गुरुङ
पाेखरा ।।

पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनका लागि अर्जुन पोखरेलकाे प्यानल घाेषणा भएको छ ।

संघको ७० औं अधिवेशन तथा ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ ।

साेही महाधिवेशनबाट नेतृत्व लिनका लागि पोखरेलको प्यानल घोषणा भएको हो ।

शनिबार पाेखरामा पत्रकार सम्मेलनकाे अायाेजना गर्दै यसअघिको निर्वाचनमा पराजित पोखरेलले अहिलेको कार्यसमितिका अधिकांस पदाधिकारी समेट्दै पदाधिकारी सहितको उम्मेद्वारी घोषणा गर्नुभएकाे हाे ।

उहाँले हिजो आफूले विद्रोह गरेर उम्मेदवारी दिनुभएकाे स्मरण गर्दै अहिले भने हिजोका साथीसँग एकैठाउँमा आइपुगेको बताउनुभएको छ ।

पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग)तर्फ दिनेश बास्तोला र उपाध्यक्ष (वाणिज्य)तर्फ बलराम आचार्य हुनुहुन्छ ।

यस्तै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका बुद्धाचार्य वर्तमान वाणिज्यतर्फको उपाध्यक्ष हुनुहुन्छ भने आचार्य महासचिव हुनुहुन्छ ।

पोखरेल प्यानलबाटै संघकाे वर्तमान उपमहासचिव रहनुभएकी शोभा गौतमले यसपटक महासचिवमा उम्मेदवारी दिने घोषणा गर्नुभएकी छन् ।

त्यस्तै कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र उपमहासचिवमा बालकृष्ण कोईरालाले उम्मेदवारी घोषणा गर्नुभएका छन् । श्रेष्ठ र कोईराला वर्तमान कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।

संघकाे अध्यक्ष पदकाे लागि उम्मेदवार घाेषणा गर्नुभएको पोखरेलले विशेषगरी पछिल्लो समय सबैभन्दा पुरानो संस्थाको प्रभावकारिता कम हुँदै गएकोमा, व्यवसायीहरुको गुनासो सम्बोधन गर्न नसकेकोमा, आर्थिक मन्दीको अवस्थामा पोखराका व्यवसायीहरुको धारणा, माग र सुझाव सरकार समक्ष प्रभावकारी रुपमा राख्न नसकेकोमा, पोखराको समग्र विकासमा सरकारले ध्यान नदिँदा संघले जोडदार आवाज उठाउन नसकेकोमा र उद्यमशिलताको विकास गरी युवालाई स्वरोजगार बनाउन उद्धत्त नभएकोमा अाफु र अाफ्नाे समुहकाे सबैभन्दा ठूलो चासाे र चिन्ता व्यक्त गर्नुभएको छ ।

यही चिन्ता र चासाेका कारण नै हिजाेका दिनमा पनि अाफुले विद्राेह गरेकाे बताउनुहुँदै यस संघकाे साख जाेगाउने मनसायले फेरि नेतृत्वका लागि निर्वाचनमा हाेमिएकाे समेत स्पष्ट पार्नुभएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्