काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपमा आजदेखि सुरु हुँदैछ ।
उद्घाटन खेलमा नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलंकासँग खेल्दैछ।खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दशरथ रंगशाला खेल्न योग्य नभएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तिम समयमा खेल स्थल सारेको हो ।
साफ) यू–२० च्याम्पियनसिपमा नेपालसहित ६ देशको सहभागी रहेको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भुटान छन् ।