काठ्माण्डाैं ।।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका दुई युवकलाई रिहा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माग गरेको छ ।
बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग आकस्मिक समय लिएर रास्वपाका सांसद हरि ढकालले ती दुई युवाकाे रिहाइकाे माग गरेका हुन् ।
सांसद ढकालले देशमा भइरहेकाे उथल-पुटल विरुद्ध विरोधका बोली राज्यले सुन्न सक्नुपर्ने बताउँदै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
गत सोमबार टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा सुरक्षा व्यवस्थामा असर पर्ने गतिविधि गरेको आरोपमा मंगलबार काठमाडौं प्रहरीले दुइ जना युवा सुर्खेतका गोपीराम गोपीकृष्ण जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको थियाे ।












