पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला दोस्रो पटक सर्याे
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला दोस्रो पटक सरेको छ।

सापकोटाविरुद्धको मुद्दाको फैसला संवैधानिक इजलासले बुधवारका लागि निर्णय गर्ने तोकेपनि सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले सरेको जानकारी दिएका छन् ।

यसअघि असार १२ गते पनि मुद्दाको फैसला सुनाउने मिति तय भएतापनि एक जना न्यायाधीशकाे अनुपस्थितिका कारण सरेकाे थियाे ।

आज दोस्रो पटक भने फैसलाका लागि अध्ययन नपुगेको बताइएको छ ।

पूर्वसभामुख सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा मुद्दा चलेकाे हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्