दुई पटक साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेकाे नेपाल तेस्राेपटक भने असफल
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

घरेलु टाेली नेपाललाई हराउँदै पहिलाे पटक बङ्गलादेशले २० वर्षमुनिकाे साफ च्याम्पियनसिप फुटबलकाे उपाधि जितेकाे हाे ।

बंगलादेशले नेपाललाई ४–१ गोल अन्तरले हराएकाे हाे । पहिलाे हाफमा एक गाेल गरेकाे बंगलादेशले दाेस्राे हाफमा तीन गाेल गर्न सफल भएको हाे ।

खेलकाे पहिलाे हाफकाे इन्ज्युरी टाइममा बङ्गलादेशका लागि इस्लामले गाेल गरेका हुन् ।

यस्तै खेलकाे ५४औं मिनेटमा गाेयरी, ७०औं मिनेटमा राबी र पिआसले गाेल गर्न सफल भएका थिए ।

यता, नेपालका लागि भने खेलकाे ८१औं मिनेटमा समिर तामाङले एक गाेल फर्काउन सफल भएका थिए ।

यसअघि दुई पटक च्याम्पियन बनेकाे नेपाल तेस्रो पटक पनि च्याम्पियन बन्ने दाैडमा थियाे तर याे पटक भने सफल हुन सकेन ।

त्यस्तै, यता तीन पटकसम्म फाइनलमा पुगेकाे बंगलादेशले भने तेस्रोपटक उपाधि चुम्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्