पाेखरा ।।
जोमसोम-पोखरा हवाई सेवा पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण दुई महिनादेखि बन्द रहेकाे उक्त हवाई सेवा पुनः सञ्चालनमा आएको हाे ।
साे हवाई सेवा पुनः सञ्चालनमा अाएसँगै अाज एकैदिन समिट एयरलायन्सले पाँचवटा उडान भरेको छ ।
जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालका अनुसार असार १७ गतेदेखि बन्द भएको हवाई सेवा पुन: सञ्चालनमा अाएसँगै जाेमसाेम घुम्न अाउने पर्यटकका लागि सहज भएको जानकारी दिएका छन् ।
बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको बेला हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, साे ठाउँमा जाने तीर्थयात्री र पर्यटकलाई भने सहज भएको छ ।