राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती
  • प्रमुख खबर

पोखरा ।।

पोखरा महानगरपालिका—३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ ।

राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो ।

विश्वशान्तिको कामनासहित हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता दिइने योजना राखिएको छ ।

महाआरतीको शुुभारम्भ समारोहमा राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस शुुभ कार्यमा सबैको साथ र सहयोगका लागि आह्वान गरेका छन् ।

महाआरती भने प्रत्येक एकादशीका दिन अपराह्न ५ः३० बजे हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्