पूर्व मन्त्री मनाङेद्वारा अाफुले भनेकाे मन्त्रालय नपाएपछि दियाे राजीनामा
  • प्रमुख खबर

पाेखरा ।।
५ महिनामा ३ पटक मन्त्री बनेका स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे)काे राजिनामा स्वीकृत भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री मनाङेको राजिनामा स्वीकृत गरेका हुन् । अाफुलाई वन तथा वातावरण मन्त्री बनाएकोमा उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार दिउँसो मन्त्रीपरिषद पुर्नगठन गर्दै सत्ता साझेदार एमालेलाई ४ मन्त्रालय दिएर सरकारमा सहभागि गराउँदा मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय एमालेलाई दिएपछि मनाङे असन्तुष्ट बनेका थिए ।

उनले वन मन्त्रालयमा केही कामै नहुने र बजेट पनि थोरै हुने भएकाले अल्छीलाग्दो मन्त्रालयमा नबस्ने र आफूलाई अहिले मन्त्री बन्न अल्छी पनि लागेको बताएका थिए । तर वास्तविकता भने उनले केही समय अगाडिबाट सम्हाल्दै अाएकाे भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय अाफुबाट खोसेर वन तथा वातावरण मन्त्रालयमा सिमित गरेको थाहा पाएलगत्तै स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए ।

नेकपा एमालेको विरोधका बाबजुद मुख्यमन्त्री पाण्डेले मन्त्री कायम राखेका राजीव गुरुङ (दीपक मनाङे) आफैंले राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्