काठ्माण्डाैं ।।
सरकारक प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएकाे अभिव्यक्ति अमर्यादित भएको भन्दै नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) हरूले प्रधानमन्त्रीसँग कारबाहीकाे माग गरेका छन् ।
पोखरामा भएको एक कार्यक्रममा मन्त्री गुरुङले प्रहरी ऐन कार्यान्वयन गर्न आनाकानी गरेको आरोप लगाएका प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।
साेही अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सांसद भण्डारी र नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको सङ्गठन ‘पूर्व प्रहरी सङ्गठन प्रमुख मञ्च’ले छुट्टाछुट्टै रुपमा विज्ञप्ति जारी गरेका छन् ।
सांसद भण्डारीले जारी गरेकाे विज्ञप्तिमा मन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।
यस्तै मञ्चले पनि विज्ञप्तिमा जारी गर्दै मन्त्री गुरुङलाई तत्काल आफ्नो भनाइ फिर्ता लिएर नेपाल प्रहरी सङ्गठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न तथा आउँदा दिनमा सुरक्षा निकायमाथि टिप्पणी गर्नुअघि थप सचेत रहन आग्रह गरिएको छ ।