पोखरा १६ द्वारा विद्यावारिधी गरेका व्यक्ति र उत्कृष्ट दुई विद्यालयलाई सम्मान
  • प्रमुख खबर

पोखरा ।।
पोखरा महानगर पालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका शिक्षासेवीलाई सम्मान गरेको छ ।

ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो ।

वडाले प्राडा टंकनाथ शर्मा, डा गेहेन्द्रमान उदास, डा दिर्घमान गुरुङ, डा गोपाल घिमिरे, डा महेन्द्र व.वानियाँ, डा अर्जुन वानियाँ, प्राडा धुर्व व. कार्की, डा श्रीराम आचार्य, डा निशा वराल, डा सुरेश पौडेल, डा प्रज्ञा गौतम,डा उत्तम थापा,डा विदुर देवकोटा,डा गौतम गुरुङ,डा सुनिल भट्टराई, डा श्रीकृष्ण आचार्य, डा कुशल शर्मा,डा पुष्पराज आचार्य, डा अनुप वस्नेत,डा संजय शर्मा तिमिल्सीना,डा सुख व.गुरुङ,डा चन्द्र गुरुङ,डा पुनम गौचन सहित २५ जनालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, पोखरेली रत्न जोर्ज जोन, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले सम्मान पत्र, माला र सल ओढाएर सम्मान गरेका हुन् । अध्यक्ष शर्माले विद्यावारिधी गरेका वडाभित्रका शिक्षासेवीलाई सम्मान गरेको यो मुलुकमा नै पहिलो पटक रहेको दाबी गरे ।

 

सोही अवसरमा सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट पहिलो वन्न सफल बाटुलेचौरको विन्ध्यवासिनी मा.वि र कास्कीमा उत्कृष्ट पाँचमा पर्न सफल लामाचौरको ईन्द्रराज्य लक्ष्मी माविलाई पनि सम्मान गरिएको छ ।

साे कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर आचार्यले विशेषज्ञता हासिल गरेका विज्ञहरुको सम्मानले, समाज नै सम्मानित भएको बताएका छन् ।

उनले वडाको विकासमा यस्ता विज्ञबाट सुझाव लिई समग्र योजना बनाउन सुझाव समेत दिएका छन् ।

मेयर आचार्यले सम्मानित व्यक्तित्वहरुलाई आफ्नो विषयगत दक्षता समाज विकास र मानव सेवामा लगाउन आग्रह गरेका छन् ।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा कार्यान्वयन ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची,पृथ्वीनारायण क्याम्पसका संस्थापक एवं पोखरेली रत्न जोर्ज जोन,सम्मानित व्यक्तित्व डा महेन्द्र बानियाँ, वडा शिक्षा समितिका जयराम पौडेल लगायतले यस क्षेत्रको विकासमा सम्मानित व्यक्तिको भुमिका महत्वपुर्ण हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्