पध्माप्रेम थिएटरको प्रस्तुतिमा नाटक “जानकी” पोखरामा मञ्चन हुने भएको छ।पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरमा यही भाद्र २८ गतेदेखि असोज ५ गतेसम्म जानकी नाटक मञ्चन हुने भएको हो।
पध्माप्रेम थिएटरको प्रस्तुति रहेको नाटक जानकीलाई सावित्रा पाठक(सबू)ले लेखेकी हुन् भने निर्देशन गोविन्द पराजुली र शीतला अधिकारीको रहेको छ।
गोविन्द पराजुली, विभूप्रसाद भुसाल, सवित्रा पाठक सबु, ज्योति हमाल , शीतला अधिकारी, सुमन कार्की, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदिप गौतम (प्रमोद), अलिसा थापा लगायतका कलाकारको अभिनय रहेको नाटक जानकीमा संगीत जय चापागाई र पोस्टर डिजाइन सन्दीप तिवारीको रहेको छ
नाटक हरेक दिन बेलुका ५ बजे (बुधबार बाहेक) मञ्चन हुनेछ भने शनिबार दिउँसो १ बजे र बेलुका ५ बजे हुनेछ।