बागलुङ ।।
बागलुङको निसीखोला गाउँपालिकामा अाएकाे पहिराेले
विद्युत् आयोजनाको नहर बगाएपछि १ हजार ३ सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।
निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १ सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि साे ठाउँकाे घरहरुमा विद्युत् आपूर्ति बन्द भएको हाे ।
उक्त ठाउँमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुदाँ बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका बासिन्दाहरु भने मारमा परेका छन् ।
निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेललेका अनुसार निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको जानकारी दिएका छन् ।
पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र सञ्चालनमा ल्याउन एक महिना लाग्ने समेत प्रबन्धक पौडेलले बताएका छन् ।
यस्तै विद्युत् आयोजनाको मुहान नजिकै पहिरो खसेको हुँदा काम गर्न कठिन हुने उनले बताए ।