नेपालकाे खेलकुद क्षेत्रमा इतिहास रच्न सफल पलेशाले पाइन सरकारद्वारा घाेषणा गरेकाे रकम
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

सरकारद्वारा पेरिस अाेलम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ पुरस्कार दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालाई ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै प्रशिक्षक कविराज नेगी लामालाई पनि सरकारले ५ लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।

उनीहरुले राष्टिय खेलकुद विकास नियमावली अनुसार पुरस्कार रकम प्राप्त गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कार राशिमा कर नकटाउने सरकारले नीति लिएको बताएका छन् ।

फ्रान्सको पेरिसमा अायाेजना भएको पाराअाेलम्पिक प्रतियाेगितामा पलेशाले ५७ केजी मुनीको प्रतिस्पर्धामा रजत पदक जित्दै इतिहास बनाउन सफल भएकी थिइन् ।

उनले हासिल गरेको याे सफलता नेपालको खेलकुद क्षेत्रमा अहिलेसम्मकै ठूलो पदक हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्