नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टी तेलको मूल्य घटाएको छ। नयाँ खरिद मूल्य अनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो।
निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रति लिटर ४ रूपैयाँ र डिजेल/मट्टीतेलमा ५/५ रुपैयाँ घटाएको हो।
खाना पकाउने एलपी ग्याँस र हवाई इन्धन को मूल्यमा भने कुनै परिवर्तन नभएको निगमले जनाएको छ।