पाेखरा ।।
पोखरा उद्योग वाणिज्य संघको ३५ अाैं महाधिवेशनबाट
अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् ।
उनले अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेललाई ४८८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
कुल २ हजार २ सय ४७ मत खसेकोमा कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
यस्तै संघको उप-महासचिवमा सुदीपमान प्रधानाङ्ग विजयी भए । उनले १ हजार १ सय ७७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
यसअघि संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यस्तै, १० खुल्ला सदस्यका लागि १४ जनाबीच भएको प्रतिष्पर्धामा ललितबहादुर कुँवर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दूधमान गुरुङ (आशिष) १४६८, भीम गौतम १४३९, त्यस्तै, टिकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना १३७५, प्रदीप राजभण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मत ल्याएर विजयी भएका छन् ।
संघको वस्तुगततर्फ सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, , पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मत ल्याएर बिजयी भएका छन् ।
नवीन नापित र दीपेन्द्र कोईरालाको समान १४÷१४ भएपछि गरिएको गोला प्रथाबाट नापित विजयी हुन सफल भएका छन् ।