पोखरामा मनसुन कला प्रदर्शनी शुरु
  • प्रमुख खबर

पाेखरा ।।

सिर्जनशील कलाकार समूहकाे मनसुन कला प्रदर्शनी बिहीबारदेखि पोखरामा शुरु भएको छ।

संविधान दिवसको अवसर पारेर उक्त समुहले पोखराको नयाँ बजार स्थित पोखरा आर्ट ग्यालरीमा मनसुन कला प्रदर्शनी शुरु गरेको हो।

उक्त मनसुन कला प्रदर्शनीको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङले गरेका थिए।

असोज ९ गतेसम्म सञ्चालन हुने साे कला प्रदर्शनीमा कला क्रान्ति वर्ष कार्टुनिष्ट जित बहादुर गुरुङको मूर्तिकला साथै पानी रंग, एक्रिलिक रंग, अल्कोहोलीक रंग, पेन एड ईन्क लगायतका माध्यममा ए-थ्रीदेखि ३/५ फिट सम्मको ४८ कलाकारका ५५ कलाकृतिहरु प्रदर्शनीमा राखिएका छन्।

त्यस्तै उक्त प्रदर्शनीमा कलाकार बामन चालिसेको तीन हजार मूल्य पर्ने कलाकृतिसँगै प्राज्ञ नगेनसिहं “राङखानी”काे एकलाख नौ हजार मुल्यसम्मको नेपालकै सबैभन्दा गहिरो गुफाका रुपमा रहेको पत्ताल भुवनेश्वर गुफा, बैतडी जिल्लाकाे कलाकृति समेत बिक्री वितरणमा रखिएको छ।

कलाकृति बिक्री प्राप्त हुने रकम संस्थाको कोषमा राखिने सिर्जनशिल कलाकार समुहका अध्यक्ष डीबी गुरुङले बताए ।

यस्तै साेही कलाकृति प्रदर्शनी कार्यक्रममा रुपमा उपस्थित पोखरा महानगरपालिका वडा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले आफ्नो वडा पनि अार्टस ग्यालरी स्थापित गर्न अाफु लागि परेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्