पोखरा ।।
पाेखरा १ अधिकारी टाेल स्थित श्री मनकामना महिला बिकास सहकारी संस्था लिमिटेडकाे २७ आै साधाणसभा समपन्न भएकाे छ।
अनन्ता सेवा समितिकाे भवना पाेखरा १ मा संस्थाका अध्यक्ष रमा अधिकारीको अध्यक्षतामा शनिवार सम्पन्न भएकाे साे साधारण सभामा पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष श्री शाहारा प्रधानको प्रमुख आतिथ्यता रहेको थियाे भने अन्य अतिथिहरूमा समावेशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीता गुरुङ , सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, अनन्ता सेवा समितिका अध्यक्ष सरिता सुवेदी , अभिभावकहरू रमेशप्रसाद अधिकारी ,विष्णुप्रसाद अधिकारी
कानुनी सल्लाहकार हरिप्रसाद अधिकारी , संस्थाका संस्थापक अध्यक्ष विजया अधिकारी लगायत पूर्व अध्यक्ष एवम् निवर्तमान अध्यक्षकाे उपस्थिति रहेकाे थियाे ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वडाध्यक्ष साहारा प्रधानले श्री मनकामना महिला विकास सहकारिले सामाजिक उध्यमता र महिला शसक्तिकरणकाे क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएकाे बताउनु भयाे ।
कार्यक्रममा यस वर्षकाे माध्यमिक तहमा ३ जि. पि.ए. भन्दा बढी ल्याई उत्तीर्ण हुने संस्था सदस्यका ९ जना छोराछोरीलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा अनुशासित बचतकर्ता तर्फ इन्दिरा पराजुली , असल कारोबारकर्ता रुद्र के. सी. तथा संस्थाका जेष्ठ सदस्य राधिका अधिकारीलाई समेत सम्मान गरिएकाे थियाे।
दसै तिहारकाे शुभकामना आदानप्रदान सहित उल्लासमय वातावरणमा सम्पन्न भएको साे कार्यक्रमकाे संचालन संस्थाका सचिव विनिता कोइरालाले गर्नुभएको थियो भने उपाध्यक्ष सुनिता देवकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।