नेपाल र बंगालदेशबीचको फाइनल खेल पृथ्वीचोकमा पनि प्रत्यक्ष देखाइने
  • प्रमुख खबर

पाेखरा ।।
साफ वुमन्स च्याम्पियन्सिप अन्तर्गत आज हुने नेपाल र बंगालदेशबीचको फाइनल खेल पोखरामा पनि प्रत्यक्ष देखाइने भएको छ ।

पाेखराकाे पृथ्वीचोकमा रहेको डिजिटल बोर्डबाट अाजकाे फाइनल खेल देखाउने तयारी रहेकाे पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् ।

साफ प्रतियोगितामा नेपाल र बंगलादेश दोस्रोपटक फाइनलमा भिड्न लागेका हुन् । खेल अहिले साँझ ६:३० बजेबाट शुरु हुँदैछ ।

यसअघि सन् २०२२ मा भएको फाइनल खेलमा बंगालदेशले नेपाललाई हराएर पहिलो पटक उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्