महिला टी २० एशिया छनोट खेलमा नेपालले अाज थाइल्याण्डसँग खेल्दैछ
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकप प्रतियोगिताकाे एशिया छनोट खेल अाजदेखि शुरू हुँदैछ ।

यस प्रतियोगिताकाे छनाेट खेलमा नेपालले अाज थाइल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे शुरु हुनेछ ।

एशिया छनोट प्रतियोगितामा नेपाल, आयोजक राष्ट्र यूएईसहित थाइल्याण्ड र कुवेत गरि चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यी चार राष्ट्रबीचकाे यस प्रतियोगिता डबल राउण्ड रोविनकाे आधारमा हुनेछ र धेरै अङ्क जोड्दै विजेता बन्ने टोली अर्को वर्ष मलेसियामा हुने आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपका लागि छनोट हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्