अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
  • प्रमुख खबर

Republican presidential nominee former President Donald Trump dances after speaking at an election night watch party, Wednesday, Nov. 6, 2024, in West Palm Beach, Fla. (AP Photo/Alex Brandon)

अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोटहरू छन्, बहुमतका लागि २७० मतहरू आवश्यक छन्।

जर्जिया र नर्थ क्यारोलिनामा १६–१६ इलेक्टोरल भोट छन् । जबकि पेन्सिलभेनियामा सबैभन्दा बढी १९ इलेक्टोरल भोट छ ।

यी तीन बाहेक, अन्य स्विङ राज्यहरू नेभाडा, मिशिगन र एरिजोना हुन्।

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

राष्ट्रपति रामचन्द्र पोडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकामा बधाई दिएका छन्।

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत ऐतिहासिक जित हासिल गरेकोमा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन्।

उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्