मर्दी आरोहणका क्रममा लडेर बेपत्ता भएका गाइडकाे शव भेटियाे
  • प्रमुख खबर

पाेखरा ।।
मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेला परेको छ ।

काठमाडौँको सनराइज कम्पनीबाट मर्दी आरोहणका लागि एक नर्वेली नागरिक र चार नेपाली सहयोगी यही कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका थिए ।

सोही क्रममा नुवाकोटको काल्चे–१ का ६२ वर्षीय तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीन भएका तामाङको खोजीका लागि गएका उद्धार टोलीले उनकाे शव मर्दीको ५ हजार ३ सय मिटर उचाइमा फेला पारेका थिए ।

उद्धार टोलीले उनकाे शव भिरको खोंचमा हिउँले पुरिएको अवस्था भटेका थिए ।

उक्त शवलाई डोरीको सहायताले खोंचबाट २ सय मिटरमाथि ल्याएर सुरक्षित राखिएको माछापुच्छ्रे-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

तर साे ठाउँबाट शव ल्याउन मुस्किल भएकोले हेलिकप्टरबाट ल्याउनुको विकल्प नभएको र त्यसका लागि पहल भइरहेकाे वडाध्यक्ष क्षेत्रीले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्