वर्षाकाे कारण यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतले बाँड्याे अंक
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतले अंक बाँडेका छन् । वर्षा नरोकिएपछि नेपाल र भारतले एक-एक अंक बाडेका हुन् ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो ।

योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्न सफल भएको छ । यता, भारत पनि समान ३ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्