७ अाैं संस्करणकाे “टुर दी पोखरा” साइकल र्‍याली हुने
  • प्रमुख खबर

पाेखरा ।।
७ अाैं संस्करणकाे “टुर दी पोखरा” साइकल र्‍याली हुने भएको छ । साइकल सिटी पोखराकाे अायाेजनामा यही पुस १३ गते उक्त साइकल र्‍याली हुने भएको हाे ।

विशेषगरी पछिल्लो समय हाम्राे वातावरण र स्वास्थ्य दुवै बिग्रदै गइरहेकाे याे अवस्थामा यसलाई सुधार गर्न पनि साइकल उत्तम हुने भएकोले प्रतेक वर्ष पोखरामा अायाेजना हुँदै आएको यस साइकल र्‍यालीले याे वर्षपनि निरन्तरता पाउने अायाेजकले जनाएको छ ।

यस वर्ष “स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल” भन्ने नाराका साथ साइकल यात्रीको सहभागितामा साे र्‍याली गर्न लागेको हाे ।

साइकल सिटी पोखराले सन २०१५ मा ‘स्वस्थ मुटु सबैका लागि, जहिलेपनि जहाँपनि’ भन्ने नाराका साथ ‘टुर दी पोखरा’को शुभारम्भ गरेको थियो भने २०१६ मा ‘पावर योर लाईफ’, २०१७ मा ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ र सन २०१८ मा ‘बोसो पगाल, ईन्धन नबाल’, २०१९ मा ‘बर्न फ्याट नट फ्यूल’ भन्ने नाराका साथ आयोजना गरेको थियो ।

सन २०२० र २०२१ मा कोभिडका कारण रोकिएको यो कार्यक्रम सन् २०२२ मा ‘थोपा थोपा ईन्धन बचाऔं’ भन्ने नाराका साथ सम्पन्न भएको थियो ।

“टुर दी पोखरा” साइकल र्‍यालीमा यस वर्ष २४.५ किलोमिटरकाे साइकल र्‍यालीले हुने साइकल सिटिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त साइकल र्‍याली पोखराकाे सभागृहबाट शुरु भइ पृथ्वीचोक, बुद्धचोक, रामबजार, अमरसिंहचोक, मियापाटन, गौंडाकोमुख, माटेपानी, रानीपौवा, महेन्द्रपल, पालिखेचोक, नदीपुर, बगर पिएन क्याम्पस गेट, भीमकालीपाटन, बगर ट्याक्सीचोक, वागबजार, विन्ध्यबासिनी मन्दिर, मोहरियाटोल, नालामुख, सिद्धार्थचोक, सृजनाचोक, जिरोकिलोमिटर, हल्लनचोक, लेकसाइड, सहिदचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, विरौटाचोक, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोक, नयाबजार, महेन्द्रपुल, न्यूरोडहुँदै पुनः पोखरा सभागृहचोक आएर समापन हुने अध्यक्ष क्षेष्ठले बताएका छन् ।

यस “टुर दी पोखरा” कार्यक्रमले साइकल संस्कृति बसाल्नुका साथै ईन्धन बचाउनका लागि महत्वपूर्ण योगदान दिने विश्वास आयोजकले लिएको छ ।

पोखराबाट शुरु भएको यस कार्यक्रमलाई पछिल्लो समय बुटवल, काठमाडौं, नेपालगञ्ज, पाल्पालगायतका ठाउँहरुले पछ्याएकाे समेत अायाेजककाे दाबी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्