पाेखरा ।।
अाज विश्व ध्यान दिवस नेपालमा पनि विभिन्न कार्यक्रमकाे अायाेजना गर्दै याे दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघको महासभाले ६ डिसेम्बर, २०२४ मा २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो ।
राष्ट्रसंघले गरेकाे याे ऐतिहासिक निर्णयलाई यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत समेत गरेका छन् ।
नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाइसकेकाे छ । यस अवसरमा देशभरका विभिन्न योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने संघ-
संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेकाे छ ।
याेसंगै विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।
यस्तै गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयकाे अायाेजनामा पनि “विश्वव्यापी सद्भभावका लागि अान्तरिक शान्ति” भन्दै अाज पाेखरा रंगशालामा पनि विश्व ध्यान दिवस मनाइँदै छ ।













