जनकपुर बोल्ट्सले जित्यो एनपीएल
  • प्रमुख खबर

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स्ले जितेको छ। कीर्तिपुरमा भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई हराएर उपाधि जितेको हो।

सुदूरपश्चिमले दिएको १६५ रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गर्‍यो।

जित्ने टोलीले ट्रफीसँगै १ करोड १० लाख नगद जितेको छ। दोस्रो हुनेले ५५ लाख, तेस्रोले २५ लाख र चौथोले १५ लाख पुरस्कार पाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्