सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
  • प्रमुख खबर

पाेखरा ।।
सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका उनले २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा मुद्धा दर्ता गरेको हो ।

जिल्ला सरकारी वकीलकाे कार्यालय कास्कीले दुई महिना लगाएर गरेकाे अनुसन्धानबाट साे प्रमाण पुष्टि भएको हाे ।

लामिछाने सहित सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ ।

प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाईंसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छ ।

यस्तै सहकारी ठगीमा जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ ।

सरकारी वकीलको कार्यालय कास्कीले लामिछानेका पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गएकाे कात्तिक २ गते काठमाण्डाैबाट पक्राउ परेका थिए ।

लामिछानेविरुद्ध बुटवल, चितवन, वीरगञ्ज र काठमाण्डाैमा पनि उजुरी परेको थियो । प्रहरीले उनलाझ चारै ठाउँमा लगेर बयान पनि लिएको थियो । वा जेल चलान गर्ने भन्ने अदालतले ठहर गर्नेछ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म लामिछानेको सांसद पद स्वतः निलम्बन हुने जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सह- न्यायाधिवक्ता शर्मालेजानकारी दिएकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्