काठ्माण्डाैं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिमा
उपसभापति डोलप्रसाद अर्याल (डीपी) नियुक्त भएका छन् ।
लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि रास्वपाको आज बसेको सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
पार्टी सभापति लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।
मुद्दा दर्ता भएको साे दिन उनलाई सांसद पदबाट निलम्बन गर्न कास्की प्रहरीले संघीय संसद् सचिवालयलाई पत्र पठाएकाे थियाे ।
प्रहरीकाे पत्र अनुसार अाज सभामुख देवराज घिमिरेले संसद् अधिवेशन नभएकोले निलम्बनको पत्र टाँस गरेका छन् ।
प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र टाँस गर्नुपर्ने व्यवस्था रहेको छ ।












