प्रधानमन्त्री ओली र नेपालका लागि पाकिस्तानका राजदूत हस्मीबीच भेटघाट
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीबीच शिष्टाचार भेटघाट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटघाटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरूमा छलफल भएको छ ।

विशेषगरी पर्यटन, कृषि, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति लगायतका क्षेत्रमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै उक्त भेटमा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आवद्ध अन्य राष्ट्रहरुले पनि रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएको सचिवालयले जानकारी दिएकाे छ ।

साेही भेटका क्रममा प्रधानमन्त्रीले नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट समेत पारेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्