पाेखरा ।।
पाेखरामा यही पुस १९ गते एेतिहासिक गण्डकी प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सव हुने भएको छ ।
नेपाल मगर संघ गण्डकी प्रदेश समिति र नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीको अायाेजनामा याे महोत्सव हुने भएको हाे ।
विशेषगरी मगर समुदायको कला, संस्कृति, संस्कार भेषभुषा संरक्षण र संवद्र्धनका लागि यस महाेत्सवकाे अायाेजना गर्न लागेकाे नेपाल मगर संघ गण्डकीकी अध्यक्ष तारामाया थापामगरले जानकारी दिइन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको देश भएको र बहुजातीय नेपाली समाजमा आदिवासी मगर जाति एक प्राचीन र ऐतिहासिक जातिको रूपमा रहेको उनले बताइन् ।
नेपाल मगर संघ गण्डकीकी अध्यक्ष थापामगरले समग्र मगर समुदायको संस्कार सस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरणको लागि महोत्सव आयोजना गरिएको बताइन् ।
उनका अनुसार नेपालमा कुल जनसंख्याको अाधारमा मगर समुदाय तेस्राे स्थानमा रहेकाे र अादिवासी जनजातिहरुमा यस समुदाय जनसंख्याको हिसाबले पहिलाे स्थानमा पर्ने बताउँदै यही समुदायको उत्थानकाे लागि पनि यस महाेत्सव अायाेजना गर्न लागिएको बताइन् ।
त्यस्तै विभिन्न जातजाति र भाषाभाषी समुदायहरुबीच सहिष्णुता, एकता र अापसी सम्बन्धलाई प्रगाढ बनाउन र अान्तरिक पर्यटन प्रवर्द्धनमा याेग्दान पुर्याउने विश्वास यस महाेत्सवबाट लिएकाे समेत अध्यक्ष थापा मगरले जानकारी दिइन् ।
यस महाेत्सवमा गण्डकी प्रदेशकाे मनाङ जिल्ला बाहेक अन्य १० जिल्लाका ३ सय ६५ जना कलाकारहरुबाट मगर समुदायका परम्परागत लाेक नृत्यहरु प्रस्तुत हुने भएका छन् ।
ती लाेक नृत्यहरुमा काैराहा/कानराहा, झ्याउरे/झाभुरा, कृष्णचरित्र, यानीमाया, पुख्यौली सोरठी, सालैजो, थाली नाच, ज्यू मामै, मारुनी, भुम्या, ढिलाे भाका लगायत प्रस्तुति रहने अायाेजकले बताएको छ ।
पोखरा सभागृह हलमा हुने यस मगर सांस्कृतिक महोत्सवलाई १० हजार बढी दर्शकहरुले अवलाेकन गर्ने
अायाेजकले जनाएको छ ।