खोचमा खसेका ६१ वर्षीय पुनकाे जीवितै उद्धार
  • प्रमुख खबर

पाेखरा ।।
पोखरा महानगरपालिका -९ स्थित पार्वती टोल नजिकै रहेकाे खोचमा खसेका एक व्यक्तिकाे जीवितै उद्धार गरिएको छ ।

साेही टाेलमा बस्ने ६१ वर्षीय उजीर बहादुर पुन बिहीबार घरबाट नजिकै हिँड्ने क्रममा अचानक उक्त खाेचमा खसेकाे तर सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गर्न सफल भएको हो ।

उनी हिडेकाे साे ठाउँमा धाजाँ फाटेकाले करिब १५ मिटर तल खोचमा खसेका थिए ।

सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोलीले तत्कालै उनको सकुशल उद्धार गरेकाे हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्