दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता सुरु
  • प्रमुख खबर

पाेखरा ।।
पोखरामा अाजदेखि दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता सुरु भएको छ ।

विशेषगरी समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अायाेजित यस प्रतियोगिता भाेलिसम्म सञ्चालन हुनेछ ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा भइरहेकाे साे प्रतियोगिताकाे उद्घाटन संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् ।

सो अवसरमा मन्त्री चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताएका छन् ।

यस ड्रागन बोट रेस प्रतियोगिताले पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको विकाससँगै नेपाल र चीनका नागरिकहरूका बीचमा रहेको सम्बन्धलाई बलियो र सुमधुर बनाउन थप सहयाेग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै गण्डकी प्रदेशका समाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुु कुुमार थापाले पोखरा खेल पर्यटनका दृष्टिले पनि सम्भावना बोकेको ठाउँ रहेको बताउँदै ड्रागन बोट रेस प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न थप टेवा पुग्ने पनि जनाएका छन् ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएकाे यस प्रतियोगितामा नेपालसँगै चीन र सिङ्गापुरका २० टोली सहभागी छन् ।

यस प्रतियोगितामा चीनको ८ , सिङ्गापुरको १ र बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी भएका छन् ।

प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता छ ।

प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई ५ हजार अमेरिकी डलर, उप-विजेतालाई २ हजार डलर र तृतीय हुने टोलीलाई १ हजार २ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्