पाेखरा ।।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले
संघीयता र प्रदेशका नाममा अाफुहरुले धेरै गाली खानु परेको गुनासो गरेका छन् ।
आइतबार पत्रकार महासंघ गण्डकी प्रदेशको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संघीयताकाे बारेमा सम्बन्धित ठाउँहरुमा पटक-पटक कुराहरु उठान गरेकाे बताउँदै अाफुले संघ सरकारबाट बढी अधिकार नमागेकाे र प्रदेशहरुलाई दिनुपर्याे पनि नभनेकाे तर संविधानमा लेखिए अनुसार जुन-जुन क्षेत्रमा एकल र साझा अधिकारका कुराहरु छन् त्यस विषयमा कानुन बनाएर संघीयता कार्यानवयन गरेर अगाडि बढाैं भनेकाे बताए ।
उनले हिजाेका दिनमा प्रदेशमा बसेर काम गरेका जतिपनि साथीहरू छन् उहाँहरुले त्यस समय प्रदेशकाे बारेमा, कानुनका बारेमा, वित्तीय संघीयताका बारेमा ठूलठूला कुराहरु गरेकाे तर अाज संघ सरकारकाे नेतृत्वदायि भूमिका हुदाँ पनि संघीयताको पक्षमा नबोलेकोमा आश्चर्य प्रकट गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले हिजाेका दिनमा प्रदेशको मुख्यमन्त्री हुँदा अधिकारको कूरा गर्नेहरु तर अाज प्रदेशलाई अधिकार दिनुपर्छ, प्रदेशमा यस्ताे कानुन अावश्यकता छ नभनि माैन बसेकाेमा अाक्राेस समेत पाेखेका छन् ।
उनले हिजो माग्ने ठाउँमा हुँदा कराउने तर आज दिने ठाउँमा हुँदा चुइक्क नबोल्ने किन ? भन्दै प्रश्न पनि गरेका छन् ।
तयस्तै एक प्रसंगमा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशकाे बजेटलाई लिएर प्रदेश सरकारलाई संविधान कार्यान्वयन भन्दा पनि पद जान्छ कि भन्ने डर भएको अभिव्यक्ति दिएका थिए । यसै अभिव्यक्तिलाई लिएर मूख्यमन्त्री पाण्डेले सञ्चार मन्त्री गुरुङले दिएकाे पद हाेर जानलाई बरु उहाँलाई डर हाेला प्रधानमन्त्री समक्ष बाेल्याेभने अाफ्नाे पद जान्छ कि भन्ने प्रतिकृया दिएका छन् ।