यस वर्षकाे नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताकाे उपाधि चिनलाई
  • प्रमुख खबर

पाेखरा ।।

दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताकाे उपाधिमा चिनियाँ टिमहरुले कब्जा जमाएका छन् ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा भएकाे उक्त प्रतियाेगिताकाे उपाधिमा यस वर्ष चिनिया टिमले कब्जा जमाउन सफल भएको हाे ।

आज सम्पन्न २ सय र ५ सय मिटर दौडको फाइनल रेसमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधिसँगै नगद १० हजार डलर जितेकाे छ ।

त्यस्तै चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो तथा लिआओचिङ युनिभर्सिटी तृतीय हुन सफल भएको छ । यस्तै युनान प्रान्तको नर्मल विश्वविद्यालयले चौथो स्थान हासिल गरेकाे छ ।

प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी थिए । प्रतियोगितामा चीनको ८, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न प्रदेशबाट सहभागी रहेका थिए ।

प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता थियो ।

विशेषगरी यस प्रतियाेगितामा नेपाल र छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन र नेपालको पर्यटन प्रवर्द्धन गर्न लक्ष्य लिएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्