नेपाल आयल निगमद्वारा पेट्रोल र डिजेलको मूल्य वृद्धि
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

नेपाल आयल निगम(एनअाेसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले अाज प्रेस विज्ञप्ति जारी गर्दै
साे कुराकाे जानकारी दिएकाे हाे ।

निगमको सञ्चालक समितिले जारी गरेकाे विज्ञप्ति अनुसार अाज राति १२ बजेबाट लागू हुनेगरी डिजेल र पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ बढाइएकाे छ भने अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य अब पोखरा, काठमाडौं, र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ भने सुर्खेत र दाङ क्षेत्रमा १६२ र अन्य क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्