काठ्माण्डाैं ।।
नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहकाे निधन भएको छ । शाहको ९२ वर्षको उमेरमा बिहीबार कालिमाटी स्थित अाफ्नै निवासमा मृत्यु भएको हाे ।
नेपालको परराष्ट्र सेवाकी शुरुआती चरणकी अधिकृत शाहको आधिकारिक नाम भने ‘बिन्दा स्वारी शाह’ हो ।शाह वि.सं.२०४४ सालमा भारतका लागि नेपालको पहिलाे महिला राजदूत नियुक्त भएकी थिइन् ।
उनी यस भन्दा अगाडि सन् १९७१ मा उनी बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत बनेर कार्य सम्पादन समेत गरेकी थिइन् । शाह पूर्व बैंङ्कर अनिलकेशरी शाहकी आमा हुन् ।