अवैध लागुऔषधसहित दुई व्यक्ति पक्राउ
  • प्रमुख खबर

पाेखरा ।।
अवैध लागुऔषधसहित कास्की प्रहरीले दुई जना व्यक्ति पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हिजो साँझ अवैध लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा -१ विन्ध्यवासिनी बस्ने ३७ वर्षीय निशाद श्रेष्ठ र पर्वत कुश्मा नगरपालिका–४ घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने वर्ष ३२ का दिपक वि.क. रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले खैरो हेरोइन जस्तो देखिने लागूऔषध ३ सय ९० मिलिग्राम र डाइजेपाम ३ एम्पुल र नुर्फिन २ एम्पुल बरामद गरेको छ ।

प्रकाउ परेका उनीहरु विरुद्ध अहिले अनुसन्धान भइरहेकाे कास्की प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्