पाेखरा ।।
नेकपा एकीकृत समाजवादी (एस) गण्डकी प्रदेशकाे प्रथम अधिवेशनमा पाेखरामा हुने भएको छ । शुक्रबार पोखरामा नेकपा एसले पत्रकार सम्मेलन गर्दै साे कुराकाे जानकारी दिएकाे हाे ।
अधिवेशन आगामी माघ २६ र २७ गते पोखरामा हुाे भएको छ । यसअघि पौष १९ र २० गतेका लागि तोकिएको महाधिवेसनको मिति विविध कारणले सार्दै नयाँ मिति तय भएको हो ।
अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिएका छन् र ।
उक्त अधिवेशनमा यस प्रदेशका ११ जिल्लाबाट ४ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ । त्यस्तै ५० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन हुने समेत उनले बताएका छन् ।
यसरी प्रतिनिधि चयन गर्दा महिला, उत्पिडित र मजदूर क्षेत्रको प्रतिनिधित्वलाई सुनिस्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३ प्रतिनिधि छानिदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पीडित समूदायवाट अनिवार्य गरिएको छ ।
यससंगै प्रत्येक जिल्लाबाट एकजना मजदुर अनिवार्य रुपमा छानिने छ । यसबाहेक विभिन्न जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन गरिने एकीकृत समाजवादीले जनाएको छ ।
अहिलेसम्म कर्णाली प्रदेशकाे मात्र अधिवेशन सम्पन्न भइसकेकाे छ । पार्टीले हालै नेताहरुको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ ।