सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकीकाे अध्यक्षमा सुवेदार चित्र मल्ल
  • प्रमुख खबर

पोखरा ।।
सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकीकाे अध्यक्षमा सुवेदार चित्र बहादुर मल्ल निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

एशोसिएसनको ८ औं साधारण सभा तथा तेस्रो अधिवेशनले सुवेदार मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित गराएकाे हाे ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा असुमे. कृष्ण चन्द ठकुरी , द्वितिय उपाध्यक्षमा सुवेदार सूर्य कार्की , सचिवमा क्या. लेख बहादुर के.सी , कोषाध्यक्षमा सुवेदार नारायण छेत्री , सह-सचिवमा देवी थापा , सह- कोषाध्यक्षमा हवल्दार कृष्ण पौडेल निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सुवेदार प्रेम बहादुर थापा , सोचना सेन , कृष्ण कुमारी क्षेत्री , पुष्पा बानियाँ , क्या कृष्ण बहादुर थापा , क्या. ऋषि राम गौतम र सुवेदार टेकेन्द्र खड्का रहेका छन् ।

निर्वाचन संयोजक सुवेदार हरि बहादुर अधिकारी र सदस्य सुवेदार हिरा बहादुर क्षेत्री र भेषराज पौडेलले नवनिर्वाचित टिमलाई सपथ ग्रहण समेत गराएका छन् ।

नव निर्वाचित अध्यक्ष मल्लले अाफु र अाफ्नाे सम्पूर्ण निर्वाचित टिमले एशोसिएसनको गरिमा र उचाईलाई थप टेवा दिने तवरले सक्रियताका साथ काम गर्ने बताउँदै
एकतामा ध्यान पनि दिने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्