पर्वतको कुश्मा नगरपालिका–१० मा खाना पकाउने ग्यास चुहिएर आगलागी हुदाँ ७३ वर्षीया वृद्धा मृत्यु
  • प्रमुख खबर

पर्वत ।।

पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी भएको छ । उक्त अागलागीमा एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ ।

पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुब रेग्मीको घरमा खान पकाउने ग्यास सकिएर अाज बिहान फर्ने क्रममा चुहिएर एक्कासी आगलागी भएको थियाे ।

साेही अागलागीमा उनका छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल दूध लिन रेग्मीको घरमा गएकी थिइन् ।

त्यस्तै घरधनी ५२ वर्षीय रेग्मी भने गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइते रेग्मीकाे जिल्ला अस्पताल पर्वतमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

यस्तै आगलागीबाट घरमा पुगेकाे क्षति र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्