पोखरा ।।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशन आगामी माघ १० गते बिहीबार हुने भएको छ ।
मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा आज पोखरा रङ्गशालाको मिडिया सेन्टरमा बसेको कार्यसमितिको ४६अाैँ बैठकबाट अधिवेशनको मिति तय गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिए ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । मञ्चमा ७४ जना खेलकुद पत्रकार आवद्ध रहेका छन् । अधिवेशनमा सहभागी हुन मञ्चमा आवद्ध सदस्यले माघ ७ गते भित्र सदस्यता नवीकरण गर्नुपर्ने उनले बताए ।
मञ्चकाे पाँचौ साधारणसभा तथा विधान अधिवेशन मार्फत विधान संशोधन गरेकाे थियाे । उक्त विधान संसोधन गर्दा कार्यसमितिमा समावेशी उपाध्यक्ष र १ जना सदस्य थप गरेर १३ सदस्यीय बनाइएकोले सोही अनुसार नयाँ नेतृत्व चयन गरिने महासचिव पौडेलले बताए ।
मञ्चका अध्यक्ष बरालले अधिवेशनलाई भव्य बनाउन तयारी सुरु गरिएको बताए । अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेगरी तयारी भैरहेको उनले खुलाए ।