भद्रपुर उडेको बिमानमा समस्या आएपछि काठमाडौं फर्काईयो
  • प्रमुख खबर

काठमाडौँबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएको छ ।

काठमाडौँबाट भद्रपुर उडान भरेको उडान नं ९५३ को कलसाइन ९एन–एजेएस को जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौँतर्फ फर्काइएको छ ।

काठमाडौँबाट १०ः३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । डाईभर्ट गरिएको जहाजलाई ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ ।

जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्