सिमेन्टमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै पोउवा र लेउवाद्वारा संयुक्त रुपमा विज्ञप्ति जारी
  • प्रमुख खबर

पाेखरा ।।
सिमेन्टमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै पोखरा उद्योग वाणिज्य संघ(पाेउवा) र लेखनाथ उद्योग वाणिज्य संघ(लेउवा)ले संयुक्त रुपमा विज्ञप्ति जारी गरेकाे छ ।

सिमेन्टमा भएको अत्याधिक मूल्य वृद्धिको असर भौतिक निर्माणका कार्यमा देखिन थालेको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता गर्न अाज दुवै संघले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हाे ।

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम र लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारीले संयुक्त रुपमा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा “निर्माणले कार्यले गति लिने बेला एकाएक भएको मूल्य वद्धि अस्वाभाविक भएको जसले गर्दा निर्माणका कामहरु राेकिन पुगेकाे” भनिएकाे छ ।

त्यस्तै जारी विज्ञप्तिमा पछिल्लो एक महिनाभित्र प्रति बोरा सिमेण्टको मूल्यमा ३ सय ५० रुपैयाँसम्म मूल्य बढेको जनाउँदै लागत बढ्न जाँदा निर्माणका कार्यहरु रोकिएको जनाइएको छ ।

सिमेन्ट र निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धि फिर्ता लिन, बजारमा स्वाभाविक रुपले आपूर्तीको प्रबन्ध गर्न र खुला बजार अर्थ व्यवस्थाको मर्म अनुरुप प्रतिष्पर्धात्मक व्यवस्था कायम राख्न उत्पादकहरुसँग आग्रह गर्दै आपूर्ती व्यवस्था चुस्त दुरुस्त राख्न सरोकारवाला निकायलाई पनि दुवै संघले विज्ञप्ति मार्फत ध्यानकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्