काठमाडौं ।।
मंगलबार बिहानै तिब्बतको दिङ्गीमा केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्काले नेपालका अधिकांश भूभागमा धक्का महसुस भएको छ । भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए ।
भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्प बिहान ६ बजेर ५० मिनेट जाँदा गएको थियो ।
भूकम्पविद् मुकुन्द भट्टराईले दिएको जानकारीअनुसार भूकम्पको केन्द्र सगरमाथा क्षेत्रबाट करिब ९० किमि उत्तरमा देखिएको छ ।