अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई सरकारद्वारा नगद पुरस्कार प्रदान
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
नेपाल सरकारले विभिन्न ३ खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई नगद पुरस्कार प्रदान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक एंव प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भएको साफ महिला फुटबल च्याम्पियनसिप, चीनमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पियनसिप र भुटानमा भएको काभा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई अाज नगद पुरस्कार प्रदान गरेका हुन् ।

नेपाल सरकारले पदक विजेतासहितको टोलीलाई कुल १ करोड १ लाख ४० हजार नगदबाट पुरस्कृत गरेको छ ।

जसअन्तर्गत साफ महिला फुटबल च्याम्पियनसिपको रजत विजेता २३ खेलाडीसहित २८ सदस्यीय टोलीलाई ७४ लाख ६० हजार रुपैयाँ, २० औँ एसियाली सिनियर कराते च्याम्पियनसिपका पदक विजेता समान १–१ खेलाडी र प्रशिक्षकलाई ७ लाख ८० हजार तथा काभा बिच भलिबल प्रतियोगिताका पदक विजेता ४ खेलाडी र १ प्रशिक्षक गरी ५ जनालाई १९ लाख नगद पुरस्कार प्रदान गरिएको छ ।

सरकारकाे गएकाे मङ्सिर २८ गतेको निर्णयबमोजिम खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुस्कार प्रदान गरिएको हो ।

त्यस्तै प्रधानमन्त्री ओलीको नेतृत्व सरकार गठन भएपछि खेलाडी एवम् प्रशिक्षकलाई प्रदान गरिने पुरस्कारमा करकट्टीको व्यवस्था भने खारेज भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्