प्रेस सेन्टर पोखरा महानगर कमिटिकाे अध्यक्षमा हुम गुरुङ
  • प्रमुख खबर

पाेखरा ।।

प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटिकाे अध्यक्षमा बिरुवा खबरका प्रबन्ध निर्देशक हुम बहादुर गुरुङ सर्वसम्वत निर्वाचित भएका छन् ।

बुधबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

यस्तै समितिको प्रथम उपाध्यक्षमा सपना रसाइली, द्वितीय उपाध्यक्षमा शिव जंग क्षेत्री, कोषाध्यक्षमा सरिता गायक, सचिवमा प्रकाश अधिकारी र सहसचिवमा दिलिप भण्डारी चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यमा गीता तिवारी, एलिसा थापा, रवि भण्डारी र दक्ष गुरुङ छन् ।

अधिवेशनको उदघाटन सत्रमा नेकपा माओबादी केन्द्रका नेता विश्व प्रकाश लामिछानेले पत्रकारीताका माध्यमबाट समाजवाद स्थापनाका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

नेपालमा विधिको शासन, भ्रष्टचार तथा अनियमितता नियन्त्रणमा पत्रकारले थप मेहनत गर्न आवश्यक रहेको उनको भनाई छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधब पनेरुले देशभर ५ हजार भन्दा बढी प्रेस सेन्टरका सदस्य रहेको र पछिल्लो समय प्रेस सेन्टर श्रमजिवि पत्रकारहरुको अग्रणी र महत्वपुर्ण संगठन भएको बताए ।

शहिदको रगतले र्सिजित संगठनको बिरासत र गौरव जोगाउन प्रेस सेन्टरका सबै सदस्यहरुको भुमिका बराबर रहेको उनको भनाई समेत थियो ।

उक्त कार्यक्रममा प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटिका पूर्व अध्यक्ष शिवराज बस्ताकोटीले संगठनले गरेका गतिविधिका बारेमा जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्