संजय थापा पोखरा ।।
पृथ्वी जयन्तीको अवसरमा मिलन दर्शन स्मृति प्रथम खुल्ला भलिबल प्रतियोगिता भोलिदेखि सञ्चालन हुने भएको छ। विजयपुर पोखरी गाउँ टोल विकास संस्थाको आयोजनामा खेल सञ्चालन हुने भएको हो ।
क्लबले यहाँ भन्दा पहिला पनि विभिन्न कार्यक्रमहरु गर्दै अगाडि बढिरहेको छ भने यसपाली खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गर्न गएको हो । खेलमा प्रथम हुनेलाई नगद रु ६० हजार र मेडल ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुनेलाई नगद रु ४० हजार मेडल, ट्रफी र प्रमाणपत्र त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई नगद रु २००० र मेडल, उत्कृष्ट स्पाइकरलाई नगद रु २००० र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट लिबेरोलाई नगद रु २००० र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ।
खेल यही २५ २६ र २७ गते ३ दिनसम्म सञ्चालन हुनेछ र खेलमा विभिन्न ठाउँबाट खेलाडीहरुले सहभागी जनाउनका लागि नाम दर्ता गरिसकेको पनि क्लबले जानकारी गराएको छ र खेल सञ्चालन पोखरा १३ आर्वा पोखरी गाउँको खेलमैदानमा खेल हुने आयोजकले जनाएको छ।