पाेखरा-१६ दिपहाउजिङ नजिकै सेतीकाे नहरमा खसेर एक युवककाे मृत्यु
  • प्रमुख खबर

पाेखरा ।।

पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको नहरमा एक युवक खसेकाे छ । उक्त नहरमा खस्दा ती युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको धनगढी स्थायी घर भई पोखरा–१९ लामाचौरमा बस्ने २१ वर्षीय संगम पौडेल रहेकाे कास्की प्रहरीले जनाएको छ ।

उनी पश्चिममाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत छात्र थिए ।

प्रहरीका अनुसार हिजो (बुधबार) बेलुकी करिब सँवा ७ बजे सेतीको नहरमा युवक खसेको सूचनापछि सशस्त्र प्रहरी बल कालीका गणबाट उद्धार टोली खटिएको थियो ।

४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले पौडेलको शव करिब २० मिनेटमै फेला पारेको थियो ।

पौडेल नहरमा कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्