नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्रको बैठक शुक्रबारदेखि शुरु
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक शुक्रबारदेखि काठमाण्डौमा शुरू भएको छ ।

शनिबारसम्म चल्ने उक्त बैठकमा भारतमा नपाले वस्तु निर्यात गर्दा हुने समस्यासंगै त्यसकाे समाधानदेखि लिएर वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएकाे छ ।

साे मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीका अनुसार नेपाल भारतबीच पछिल्लाे समय व्यापार र पारवहनमा देखिएका समस्याहरू समाधान गर्ने विषयमा साे बैठक केन्द्रित हुने बताए ।

त्यस्तै नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन ढिलाइ भएको विषयलाई पनि बैठकमा राखिने उनले बताएका छन् ।

विशेषगरी नेपालको आयात–निर्यात र व्यापारका हिसाबले भारत महत्त्वपूर्ण छिमेकी देश भएकाले छलफल निकै महत्त्वपूर्ण रहेको मन्त्रालयका प्रवक्ता अधिकारीले जनाए । यो बैठकले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा ‘ब्रेक थ्रु’ हुने विश्वास गरिएको छ ।

बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्नसमेत माग गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्