काठ्माण्डाैं ।।
१९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेकाे छ ।
क्यानले शुक्रबार एक कार्यक्रमकाे अायाेजना गर्दै उनीहरुलाई बिदाइ गरेका हन् । उक्त प्रतियोगितामा सहभागी हुन १९ वर्षमुनिको महिला टोली शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ ।
प्रतियोगिता जनावरी १८ देखि फेब्रुअरी २ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘डी’ मा परेकाे छ । याे समुहमा नेपालसंगै अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड पनि छन् । त्यस्तै नेपालले पहिलो खेलम जनवरी १८ मा बङ्गलादेशसँग खेल्दैछ ।