२४औं आहा! रारा पोखरा गोल्डकपकाे तयारी सुरु
  • प्रमुख खबर

पाेखरा ।।

२४औं संस्करणकाे आहा! रारा पोखरा गोल्डकपकाे तयारी सुरु भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा हुने यस गाेल्डकपकाे तयारी सुरु भएको क्लबले शनिबार पाेखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएकाे हाे ।

प्रतियोगिता अागामी माघ २२ गतेदेखि सञ्चालन हुनेछ ।
सन् २००२ बाट सुरू भएको यस प्रतियोगिता पोखराको पहिचान समेत बनेकाे छ ।

याे प्रतियोगिता नेपालका विभिन्न ठाउँहरुमा अायाेजना हुने फुटबल प्रतियाेगिता भन्दा सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो ।

यस प्रतियोगितामा १० टिमको सहभागिता पक्का छ भने थप नयाँ २ टिमका लागि क्लबले लभिङ गरिरहेकाे अायाेजकले जानकारी दिएकाे छ ।

यस २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा आयोजक सहारा क्लबसहित नेपाली ए डिभिजनका क्लब विभागिय टोली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र क्लब, संकटा यूथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, एनआरटी फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब यूकेको सहभागिता शुनिश्चित भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताएका छन् ।

त्यस्तै क्लबले लभिङ गरिरहेकाे थप नयाँ दुई टिममा भारतीय सर्भिस टिम वा जापानको क्लब रहने समेत महासचिव अधिकारीले बताए ।

उक्त दुई टाेलीमा भारतीय सर्भिस टिम वा जापानको एक क्लबका लागि कुराकानी अघि बढाइएको उनले बताए ।

याे गाेल्डकप हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा विगत लामाे समयदेखि हुँदै आएको छ ।

क्लबले सञ्चालन गर्ने पोखरा गोल्डकपबाट संकलित रकम सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकहरुको फुटबल प्रशिक्षण संगै नि:शुल्क आवाश प्रदान गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्